यातायात कार्यालयको सवारी दर्ता किताब बिचौलियाबाट बरामद « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यातायात कार्यालयको सवारी दर्ता किताब बिचौलियाबाट बरामद


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । यातायात कार्यालय, कुसुन्तीको रजिस्टर बिचौलियाको साथबाट बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले ठगीको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका बिचौलियाको साथबाट यातायात कार्यालयको सवारी दर्ता किताब बरामद भएको हो ।

यातायात कार्यालयको रजिस्टर सहित बिचौलिया मनोज बाँस्तोलालाई आइतबार शंखमुलबाट पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार बास्तोलाविरुद्ध ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी छ । अब सरकारी लिखत कीर्तेमा पनि अनुसन्धान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस