पौडी खेल्ने क्रममा नारायणीमा एक जना किशोर बेपत्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पौडी खेल्ने क्रममा नारायणीमा एक जना किशोर बेपत्ता


६ चैत्र २०७८, आइतबार


ढल

नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को देव चुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण उनको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस