६ सय रुपैयाँले घट्यो सुन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

६ सय रुपैयाँले घट्यो सुन


६ चैत्र २०७८, आइतबार


काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ ।

गत शुक्रबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ६ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस