एमाले अध्यक्ष ओली इलाम जाँदै, जनसभालाई संवोधन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले अध्यक्ष ओली इलाम जाँदै, जनसभालाई संवोधन गर्ने


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) इलामको सूर्योदय नगरपालिका जाँदै छन् ।

एमालेको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्न लागेका हुन् ।

पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।

नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन् ।

फिक्कल चोक बजारमा आयोजना गरिएको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा छ ।

जनसभालाई ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस