श्रीलङ्कामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्कामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द


६ चैत्र २०७८, आइतबार


कोलम्बो । कागज अभावमा श्रीलङ्काले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ ।

रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् ।

सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिकै ठुलो आर्थिक सङ्कट सामना गरिरहेको छ ।

‘प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्’, पश्चिम प्रान्तको शिक्षा विभागले भन्यो ।

यस कदमले प्रभावकारी रूपमा देशका ४५ लाख विद्यार्थीहरूमध्ये दुई तिहाइ विद्यार्थीको परीक्षाहरू प्रभावित भएका छन् ।

टर्म टेस्ट वर्षको अन्त्यमा विद्यार्थीहरूलाई अर्को कक्षामा पास हुन्छ वा हुँदैन भनेर निर्णय गर्ने मूल्याङ्कन प्रक्रियाको अंश हो ।

अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक सङ्कटका कारण देशमा खाद्यान्न, इन्धन र औषधिको अभाव देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस