बैतडीमा पोखरीमा डुबेर महिलाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बैतडीमा पोखरीमा डुबेर महिलाको मृत्यु


५ चैत्र २०७८, शनिबार


बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् ।

भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बारीमा घाँस काटेर हातखुट्टा धुने क्रममा चिप्लेर पोखरीमा डुबेको र लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि अस्पताल लगिँदै छ । उनको श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस