कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन हुने


४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो ।

आज (शुक्रबार) बसेको बोर्डको बैठकले परीक्षा १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डको अध्यक्ष डा. महाश्रम शर्माले बताए ।

उनले भने, ‘बोर्डको बैठकले १६ गतेबाट परीक्षा गराउने निर्णय गरेको छ । परीक्षा तालिका केही बेरमा प्रकाशित गर्छौँ’

Tags :
प्रतिक्रिया दिनुहोस