२१ गते भित्र हतियार बुझाउन धादिङ प्रशासनको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२१ गते भित्र हतियार बुझाउन धादिङ प्रशासनको आग्रह


४ चैत्र २०७८, शुक्रबार


धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हतियार चैत २१ गते भित्रमा प्रहरीमा बुझाउन आग्रह गरेको छ ।

प्रशासनले आज (शुक्रबार) सूचना जारी गर्दै वैशाख ३० गते हुने चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले इजाजत प्राप्त हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।

यसरी बुझाइएका हतियार चुनाव सकिएपछि हतियारधनीलाई नै फिर्ता गरिने प्रशासनले स्पष्ट पारेको छ ।

यस्तै प्रशासनले इजाजत नलिई हतियार राखेको भए त्यस्ता हतियार पनि बुझाऊ भनेको छ ।

चैत २१ गतेपछि खोजतलास गर्दा कसैसँग हतियार भेटिएमा कानुन अनुसार कारबाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस