बैतडीमा कोरोना सङ्क्रमण शून्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा कोरोना सङ्क्रमण शून्य


४ चैत्र २०७८, शुक्रबार


बैतडी । जिल्लामा कोरोनाका सङ्क्रमण शून्य भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् ।

जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए । उनले भने, ‘सक्रिय सङ्क्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, सङ्क्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।’

जिल्लामा कोरोना सङ्क्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

सिमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस