बौद्धमा होली खेल्दा खेल्दै घरबाट खस्दा एक किशोरी गम्भीर घाइते « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

बौद्धमा होली खेल्दा खेल्दै घरबाट खस्दा एक किशोरी गम्भीर घाइते


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । काठमाडौँको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुईँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनीता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताएका छन् ।

उनका अनुसार कक्षा ११ मा अध्ययनरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।

‘दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्धार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको छ’ मैनालीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस