काँग्रेसले नपत्याए एमालेसँग चुनावी गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

काँग्रेसले नपत्याए एमालेसँग चुनावी गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली काँग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताएका छन् ।

बुटवलमा प्रेस सेन्टरले आज (बिहीबार) गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभए पनि काँग्रेसले नपत्याएको अवस्थामा एमालेसँग सहकार्य हुने बताएका हुन् ।

‘एमालेसँग तत्काल कुनै छलफल भएको त छैन,’ उनले भने, ‘तर, काँग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण काँग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन ।’

उनले देशभरका कार्यकर्तालाई आफ्नै शक्ति र आफ्नै एजेन्डामा तालमेलबिना नै निर्वाचन लड्न र जित्ने गरी तयार हुन निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस