शीर्ष नेताहरूबीच भेटवार्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

शीर्ष नेताहरूबीच भेटवार्ता


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् ।

बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव नहुने हल्लाबारे चासो राखेका थिए । ‘हामी पुरै तागत लगाएर गइसक्यौँ, तर बीचबीचमा निर्वाचन हुँदैन भन्ने हल्ला चलिराख्छ भन्दा प्रधानमन्त्रीजीले बढो सहज ढङ्गले चुनावको दिन भोट हाल्ने दिन पनि भइराख्छ । नेपाल यस्तै हो भन्नुभयो, ‘ बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भनेका छन् ।

स्थानीय तहको निर्वाचन तोकिएकै मिति ३० वैशाखमै हुने उनले बताए । उनले भने, ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, त्यसमा कुनै कन्फ्युजन नराख्न आग्रह गर्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस