होली पर्वका नाममा जथाभाबी गरे पक्राउ गर्न आदेश « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

होली पर्वका नाममा जथाभाबी गरे पक्राउ गर्न आदेश


३ चैत्र २०७८, बिहिबार


भक्तपुर । जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावीरुपमा गैर कानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले हिजो (बुधबार) सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छा विपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गर्ने भनेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गर्दै कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरिन् । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताइन् ।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सुसंस्कृतिरुपमा मनाउन आह्वान गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस