पेट्रोलियमको मूल्य जुटाउन कठिन भयो : निगम « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियमको मूल्य जुटाउन कठिन भयो : निगम


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ । भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो ।

निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिर करण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम सङ्कलन गरी इन्डियन आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिद बापतको रकम भुक्तानी गरिएको छ । हाल निगमको विकास निमार्णका नयाँ कामहरू सबै स्थगित गर्ने सोचमा रहेको निगमले पेट्रोलियम पदार्थ खरिद बापतको आवश्यक रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई अत्यन्त कठिन देखिन्छ ।’

रुस र युक्रेन बिचको तनावका कारणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको निगमको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस