युक्रेन युद्ध : सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युक्रेन युद्ध : सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै


२ चैत्र २०७८, बुधबार


कीभ । युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।

रुसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसङ्घको प्रारम्भिक तथ्याङ्क छ ।

‘अहिले युक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ ।’

यीमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का प्रवक्ता पल डिलनले जेनेभामा बताए ।

फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । गत २० दिनको दौडान युक्रेनमा हरेक दिन ७०,००० भन्दा बढी केटाकेटी शरणार्थी भएका छन् ।

संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भने, ‘हरेक मिनेट ५५ जना बालबालिका देश (युक्रेन) छोडेर विदेशिने गरेका छन् ।’

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसङ्घको सञ्चारमामिला हेर्ने सङ्गठन (युएन न्युज) ले उल्लेख गरेको छ । युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ ।

जेम्स एल्डरले भने, ‘मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी मेडीका, पोल्याण्डदेखि युक्रेनको राजधानी कीभसम्म कीभबाट आएको जनाउँदै कीभ नाम उच्चारण गर्ने हजारौँ मानिसहरू सहरहरूको बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ ।’ उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए ।

उनले भने, ‘निस्सन्देह, अधिकांश मानिसहरू अद्भुत मनसाय र ठुलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस