अमेरिका र चीनबिच ७ घण्टा लामो वार्ता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अमेरिका र चीनबिच ७ घण्टा लामो वार्ता


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । अमेरिका र चीनबिच द्विपक्षीय वार्ता भएको छ । दुई देशका अधिकारीहरूले सोमबार युक्रेन र रुसको युद्धका विषयमा ७ घण्टा लामो छलफल गरेका हुन् । विश्वका दुई ठुला देशबिचको वार्ता रोममा भएको थियो ।

परिचय खुलाउन नमानेका अधिकारीले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका वरिष्ठ कूटनीतिज्ञ याङ जिचीलाई बेइजिङले रुसलाई सहयोग गर्न सक्ने विषयप्रति चासो व्यक्त गरेका थिए । चीनले रुसलाई सहयोग गरेमा विश्वव्यापी प्रतिबन्धको सामना गर्न सक्नुपर्ने सुलिभानले वार्तामा बताएका छन् ।

‘सामान्य रूपमा म के भन्न चाहन्छु भने हामी रुससँग चीनको साठगाँठप्रति गहन चिन्तित छौ,’ ती अधिकारीले बताए । मस्कोले युक्रेनमा आफ्नो युद्धका लागि चीनसँग सैन्य उपकरणको अनुरोध गरेको समाचार बाहिरिएकै समयमा सुलिभानको यो भ्रमण भएको हो । रुस–युक्रेन युद्ध तेस्रो सातामा प्रवेश गरिसकेको छ ।

‘उक्त बैठक केही समयका लागि मात्रै तय गरिएको थियो,’ ती अधिकारीले बताए । मस्कोले सैन्य उपकरण तथा युक्रेनी युद्धमा अन्य सहयोगका लागि अनुरोध गरिएको विषय चीनले बारम्बार अस्वीकार गर्दै आएको छ । रुसले चीनबाट सैन्य उपकरण मागेको विषय क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पनि गलत भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस