मकवानपुरमा पनि देखियो बर्डफ्लु, सात सय कुखुरा नष्ट « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

मकवानपुरमा पनि देखियो बर्डफ्लु, सात सय कुखुरा नष्ट


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । मकवानपुरमा पनि बर्डफ्लुको सङ्क्रमण देखिएको छ। जिल्लाको भीमफेदी गाउँपालिका वडा २ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए।

उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरिएको थियो । ल्याब परीक्षण गर्दा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएको प्रमुख यादवले बताए।

उनका अनुसार बर्डफ्लु देखिएको क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको छ। उक्त स्थानमा सोमबार नै पालिएको २ सय वटा कुखुराहरू नष्ट गरेको र आज (मङ्गलवार) बिहान पनि करिब ४०० वटा कुखुरा नष्ट गर्ने तयारी रहेको उनले जनाए। उक्त क्षेत्रका कुखुराको मासु बजार नपठाउने समेत उनले जानकारी दिए।

पछिल्लो समय देशको विभिन्न स्थानहरूमा बर्डफ्लु रोग पुष्टि भइरहेको छ। मकवानपुरमा भने यस वर्ष पहिलो पटक बर्डफ्लु सङ्क्रमण देखिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस