दक्षिण कोरियामा एकै दिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दक्षिण कोरियामा एकै दिन तीन लाखभन्दा बढी कोरोना सङ्क्रमित


३० फाल्गुन २०७८, सोमबार


सोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घण्टा यता मात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका अधिकारीहरुले सम्भवतः यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो ।

सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यता मात्र ३ लाख ९ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाख भन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन् ।

यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।

उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस