२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रीन भेन्चर्सको आइपीओ आउँदै

अ+ अ-

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्ने साधारण शेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी चैत ८ गतेदेखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आव्हान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले चैत ११ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागी आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत‘ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

कम्पनीको अधिकृत पुँजी रु पाँच अर्ब र हालको जारी पुँजी रु तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्ता पुँजी रु दुई अर्ब ५० करोड छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित बासिन्दाका लागि खुलाएको ३१ करोड २५ लाख कित्ता र यो आह्वान पत्रानुसार सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयर (३१ लाख २५ हजार कित्ता) बाँडफाँड पश्चात् चुक्ता पुँजी रु तीन अर्ब १२ करोड ५० लाख पुग्नेछ ।

यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता शेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरिसकेको कम्पनीले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस