साउदी राजकुमार आज नेपाल आउँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

साउदी राजकुमार आज नेपाल आउँदै


३० फाल्गुन २०७८, सोमबार


साउदी अरब अधिराज्यका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

परराष्ट्र मन्त्री डा.नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोज आयोजना गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस