३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्र भयावह अवस्थामा छ, सरकारले श्वेतपत्र जारी गरोस् : ओली

अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र भयावह अवस्थामा पुगेको दाबी गरेका छन् । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले गरेको अर्थतन्त्रको वर्तमान अवस्थाबारे अन्तर्क्रियामा बोल्दै ओलीले गलत प्रक्रियाबाट बनेको सरकारका कारण अर्थतन्त्र पनि गलत बाटोतर्फ मोडिएको दाबी गरे ।

उनले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न पनि अर्थमन्त्रीलाई चुनौती दिए । सरकार गठबन्धन जोगाउन मात्रै लागेको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूको कठोर आलोचना गरे । प्रधानमन्त्री पद आकस्मिक रूपमा पाएकाले त्यसलाई जोगाउन नै प्रधानमन्त्री लागेको बताए ।

ओलीले सरकारका मन्त्रीहरूलाई कमिसन खोरीको आरोप लगाए । ‘बादल लागेका दिन शेर बहादुरलाई आँगनमा माछा पर्‍यो, त्यो माछा घैलामा राख्नुभएको छ,’ उनले भने,’परमादेशबाट पारिएको माछाको चिन्ता छ । देश, जनता तथा अर्थतन्त्रको चिन्ता छैन ।’

सरकारका मन्त्रीहरू अर्थतन्त्रका समस्याप्रति चिन्तित नभएको भन्दै ओलीले कमिसनका लागि मन्त्रीले ब्ल्याक मेल गरेको आरोप लगाए । ‘अहिलेका सरकारका मन्त्रीहरू ब्लेकमेलरका रूपमा कमिसनका लागि काम गरिरहेका छन्,’ ओलीले भने, ‘कमिसन नदिए यसो गर्छु उसो गर्छु, छापा मार्छु भनेर जे भन्यो त्यो गराउन सकिन्छ भन्दै हिँडेका छन् ।’

हिजो राज्यभन्दा बाहिर बसेर गर्ने धन्दा अहिले मन्त्रीहरूले सरकारमा बसेर गरेको उनको आरोप छ । काम सकेर बसेका ठेकदारलाई पनि कमिसन नदिएको भन्दै मन्त्रीहरूले भुक्तानी नगरेको ओलीको आरोप थियो ।

अर्थतन्त्रको सबै सूचक निराशाजनक भएको बताएका ओलीले यसमा सबै दोष अहिलेको सरकारको भएको दाबी गरे । आफूहरूले बनाएको बजेट प्रतिस्थापन गरेर, श्वेतपत्रसहित अघि बढेको सरकारले गलत बाटो अङ्गालेको उनको ठम्याइ छ ।

अर्थ मन्त्रालय र राष्ट्र बैङ्कबिच तालमेल नमिल्दा र सरकारको प्राथमिकतामा अर्थतन्त्र नपरेकाले उद्योगी, व्यवसायी र जनताले दुःख पाउने अवस्था बनेको ओलीको आरोप छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अर्थतन्त्र बिग्रिएको भन्दै सरकारलाई १४ आरोप लगाएका छन् । तरलता अभाव, बैक ब्याजदर वृद्धिदेखि शोधानान्तर अवस्था तथा उच्च आयातलाई पनि ओलीले अर्थतन्त्रको समस्याको रूपमा चित्रण गरे ।

आफ्नो लामो सम्बोधनमा ओलीले अर्थतन्त्रको सबै सूचक बिग्रिएको दाबी गरेका थिए । आन्तरिक वाहृय, राजस्व परिचालन, सरकारी खर्च र आयोजना कार्यान्वयन निकै दयनीय रहेको उनको आरोप छ ।

प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारी दाबी फेल खाएको र ८ महिनामा २० प्रतिशत ४ महिनामा ८० प्रतिशत समग्र खर्च गर्नुपर्ने अवस्था आएको उनको आरोप छ । यस्तै उच्च राजस्व सङ्कलन हुने बेलामा १० प्रतिशत भन्दा कम मात्रै राजस्व उठेको उनको दोस्रो आरोप छ ।

आफूले सत्ता छाड्दा १ लाख ९१ हजार मिलियन बराबरको वैदेशिक सहायताको प्रतिबद्धता आएकोमा अहिले एक लाख २६ हजार मात्रै पुगेको उनको भनाइ छ ।
यस्तै समग्र मुद्रास्फीति आफूले छोड्दा ४ प्रतिशत रहेको अहिले दोब्बर भएको उनले बताए ।

यस्तै आफूले छोड्दा एक हजार तीन सय ९९ अर्ब रहेको विदेशी मुद्रा सञ्चित एक सय १५ अर्ब बढी घाटा भएको, आफूले छोड्दा वस्तु तथा सेवाको आयात धान्ने अवस्था ११.२ महिनाको रहेकोमा अहिले ६ महिनाका लागि पनि नभएको उनको आरोप थियो ।

आफूले छोड्दा शोधानान्तर १.२३ अर्ब बचत रहेकोमा अहिले २४७.३ अर्ब नै घाटामा भएको ओलीको दाबी छ ।

यस्ता छन् ओलीले औँल्याएको अर्थतन्त्रको चुनौती र सरकारमाथिका आरोपहरू

· पुँजीगत खर्च दयनीय छ ।
· राजस्व परिचालन कमजोर छ ।
· विप्रेषणको अनौपचारिक कारोबारमा सरकार आफैँ संलग्न छ ।
· शोधानान्तर बचत आफ्नो पालामा भन्दा दयनीय बनेको छ ।
· प्रणालीमा लगानी योग्य रकम अभाव भयावह छ ।
· ब्याजदर उच्च छ ।
· नेपाली मुद्राको अवमूल्यन तीव्र छ ।
· अनावश्यक आयात बढेको छ । निर्यात देखाउने दाँत मात्रै भएको छ ।
· आयातमा न्युज विजकीकरण र निर्यातमा उच्च बिजकीकरणको भयावह अवस्था छ ।
· वैदेशिक लगानी र सहायतामा उच्च गिरावट छ ।
· विदेशी अनुदान र ऋणको परिचालन नहुँदा मुलुक डलर ऋणको पासोमा पर्दै छ ।
· मुद्रास्फीति आफ्नो कार्यकालमा भन्दा दोब्बर भएको छ ।
· ठुला आयोजनाको कामको गति रोकिएको छ ।
· कार्यकर्तालाई अनुत्पादक ढङ्गले रकम बाँड्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस