१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीले उच्च अध्ययनका लागि साधारण बिदा पाउने

अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका कर्मचारीले अबदेखि उच्च अध्ययनमा जाँदा साधारण बिदा पाउने भएका छन् ।

शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न नपाउने व्यवस्था खारेज गर्दै अध्ययनमा रहेको अवरोध हटाएको हो ।

‘आफ्नो पदको न्यूनतम शैक्षिक योग्यता भन्दा दुई तह माथिको पदको योग्यताका लागि आवश्यक उच्च अध्ययनमा जाँदा असाधारण बिदा मात्र दिने भन्ने निर्णय मन्त्रालयको फागुन ११ गतेको निर्णयले बदर भएको छ,’ मन्त्रालयले गरेको निर्णयमा भनिएको छ ।

उक्त निर्णयसँगै स्वास्थ्यकर्मीले व्यक्तिगत प्रायसमा शैक्षिक योग्यता बढाउनका लागि तहगत अवरोध नहुने र अध्ययनका लागि नियमअनुसार जे बिदा पाउनु पर्ने हो त्यो पाउने भएका छन् ।

मन्त्रालयले तीनै तह र स्वास्थ्य संस्थाहरूलाई सो निर्णय कार्यान्वयन गराउन पनि सूचित गरेको छ । तर, मनोनयनमा भने यो नयाँ व्यवस्था लागू नहुने स्पष्ट मन्त्रालयले पारेको छ । अध्ययन बिदा लिनका लागि मापदण्ड भने पुरा भएको हुनुपर्ने छ ।

अध्ययन बिदाका लागि स्वास्थ्यकर्मीले कम्तीमा तीन वर्ष दुर्गममा सेवा गरेको हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस