नुहाउने क्रममा भेरीमा ३ जना बालबालिका बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नुहाउने क्रममा भेरीमा ३ जना बालबालिका बेपत्ता


२८ फाल्गुन २०७८, शनिबार


ढल

काठमाडौँ । भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका छन् । शनिवार (आज) साँझ करिब ५ बजे भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन् ।

उनीहरू बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लेकबेंसी र रामघाटबाट खटिएका प्रहरी र स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस