देश विकासका लागि एमसीसी स्वीकार गरियो : महामन्त्री शर्मा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

देश विकासका लागि एमसीसी स्वीकार गरियो : महामन्त्री शर्मा


२८ फाल्गुन २०७८, शनिबार


बनियानी । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) लिइएको बताएका छन् ।

काँग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताए ।

‘विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रूपान्तरण गर्न एमसीसी स्वीकार गरिएको हो’, उनले भने, ‘अमेरिका र चीनको अन्तर्द्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसीसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन् ।’

काँग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसीसीको पक्षमा उभिएको उनको तर्क छ । ‘एमसीसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो’, उनले भने, ‘यसमा कुनै दुबिधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस