२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको आयात धान्न गाह्रो हुँदै छ, विद्युतीय उपकरण प्रयोग गरौँ : ऊर्जा मन्त्री भुसाल

अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुस्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छन् ।

ललितपुरमा आज आयोजित एक कार्यक्रममा उनले विगतको तुलनामा विद्युत् सस्तो भएको र खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले आफ्नै देशको कच्चा पदार्थबाट उत्पादित ऊर्जा प्रयोग गर्न आग्रह गरेकी हुन् ।

ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार आफूले विद्युत्को महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘यहाँहरूलाई मेरो विशेष अपिल छ, विद्युतीय चुल्हो प्रयोग गरौँ । त्यो ग्यासभन्दा सस्तो छ ।’ हाल एक सिलिन्डर ग्यासको मूल्य एक हजार ५०० भन्दा बढी भएको छ । त्यसको मूल्य निरन्तर बढ्दै जानेछ । त्यसै गरी पेट्रोल र डिजेलको मूल्य पनि बढ्दै गएको छ ।

एक लिटर पेट्रोलको मूल्य १५० तथा एक लिटर डिजेलको मूल्य १३० भन्दा बढी पुगेको र आगामी दिनमा तिनको मूल्य निरन्तर बढ्ने भएकाले पनि विद्युतीय साधन प्रयोग गरेर जीवनलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले भनिन्, ‘दिनदिनै पेट्रोलको मूल्य बढेको छ, गाडी किन्नेले पनि अब विद्युतीय नै किन्नुपर्छ ।’

ठुला सहरमा भाडामा बसेर आफ्नो पेसा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै उनले आवश्यक क्षमताको छुट्टै मिटर लिएर विद्युतीय उपकरण प्रयोग गर्न सकिने स्पष्ट पारिन् । मन्त्री भुसालले भनिन्, ‘घरभेटीको सहमतिमा डेरावालाले पनि छुट्टै विद्युत् मिटर राख्न सक्ने गरी मैले निर्णय गराएको छु । विद्युत् प्राधिकरणमा सम्पर्क गर्नु होला ।’

विद्युतीय उपकरण प्रयोग गर्दा देशको आर्थिक क्षेत्रमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै मन्त्री भुसालले देशमा विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युत्को भरपुर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्नका लागि सहयोग गर्न आग्रह गरिन् ।

आगामी आर्थिक वर्षदेखि कृषिका लागि आवश्यक पर्ने विद्युत् निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिमा आत्मनिर्भर बनाउन सबै क्षेत्रमा सिँचाइको सुविधा पुर्‍याउन आफूले विशेष पहल गरेको र कृषकलाई अधिकतम फाइदा पुग्ने गरी ऊर्जाको सुनिश्चित गर्ने वचन पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस