मनाङमा सुरु भयो काँग्रेसको चुनावी अभियान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मनाङमा सुरु भयो काँग्रेसको चुनावी अभियान


२८ फाल्गुन २०७८, शनिबार


मनाङ । नेपाली काँग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेको छ ।

पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ काँग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रवारदेखि सुरु भएको हो ।

अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई काँग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताए । केन्द्रीय सदस्य लामा भन्छन्, ‘पार्टीभित्र भएका मतभेद बिर्सौँ, एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ । हिमाली जिल्ला मनाङबाट काँग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।’

पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिए । गुरुङ भने, ‘स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवर्द्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।’

कार्यक्रममा काँग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमल बहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर काँग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस