सामाजिक सञ्जाल बन्द गरिदिने रुसको चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामाजिक सञ्जाल बन्द गरिदिने रुसको चेतावनी


२७ फाल्गुन २०७८, शुक्रबार


मस्को । रुसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रुसले दिएको छ ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो ।

‘रुसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,’ रुसी एक अधिकारीले भने ।

फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रुसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको सङ्केत उल्लेख गर्ने घोषणा गरेको थियो ।

मेटाले रुसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यस विरुद्धमा सामाजिक सञ्जालहरूमा रुसविरुद्ध चर्को आलोचना गर्दै हिंसा भड्काउने सामग्री प्रकाशित हुन थालेका थिए ।

अमेरिकी कतिपय सञ्चार माध्यमहरूमा रुस र बेलारुसका राष्ट्रपतिको हत्या गर्नुपर्ने जस्ता प्रतिक्रियासहितका सामग्रीहरु प्रकाशित भइरहेको रुसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस