कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा दायर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा दायर


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले आज (शुक्रबार) ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुलउपर गरिनुपर्ने राजस्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।

कोकाकोलाको स्वामित्व खरिद बिक्रीमा कर छली भएको विभागले जनाएको छ । नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा २४ (२०७७ फागुन ७ गते) कोकाकोला साब्को आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको मुद्दाको विवरणमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस