नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा थानी


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ। सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वीरेन्द्रनगर सुर्खेतका थानीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य रहेका थानी नेपाली काँग्रेस निकट सेन्ट्रल फर डेमोक्रेटिक इन्जिनियरिङ नेपाल(सिडेन) का अध्यक्षसमेत हुन् ।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

निगमको कार्यकारी निर्देशकका लागि १६ जनाले आवेदन दिएकोमा प्रतिस्पर्धामा सहभागी १५ आवेदकमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन सदस्यको नाम वर्णानुक्रमअनुसार सिफारिस गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस