२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निहित इन्ट्रेष्ट’मा सुपारी, केराउ र मरीचको आयात खुला

अ+ अ-

काठमाडौँ । सरकारले व्यापारीको प्रभावमा सुपारी, केराउ र मरीचको आयात खुला गरेको छ । मन्त्रिपरिषद्को बैठकले सुपारी,मरीच र केराउलगायतका वस्तुको आयातमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको निर्णय राजपत्रमा प्रकाशित भएसँगै सो तथ्य बाहिर आएको हो ।

जनस्तरमा नदेखिने तर भित्रभित्रै अनेक धन्दा हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नै विभागीय मन्त्री रहेका बेला सो निर्णय गरिएको हो । यद्यपि यो एकै रातमा भएको निर्णय भने होइन, निकै लामो समयदेखि तस्करी धन्दा चलाउने व्यापारीहरूले ठुलै चलखेल गर्दै आएका थिए । केही समयअघि मात्रै भएको सचिवदेखि अघिकृतसम्मैको सरुवाले पनि मन्त्रालयमा व्यापारी–कर्मचारी–राजनीतिज्ञको इन्ट्रेस्ट–दबाब–प्रभाव कतिको हुने गरेको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैँ आयात गर्न सक्ने गरी खुला गरिएको सरकारले जनाएपनि भित्री रहस्य भने तस्करी गर्ने व्यापारीकै लागि खुल्ला गरिएको मन्त्रालय स्रोतको दावी छ । जसमा करोडौँको चलखेल हुने स्रोतको दाबी छ । त्यसो त यो नै पहिलो र नौलो भने होइन, यसअघि पनि सुपारी, मरीच र केराउको खेल चल्दै आएको थियो ।

तेस्रो मुलुकबाट आयात गरेर नेपालको उत्पादन भनी बाहिर पठाउने ठुलै गिरोह अहिले पनि सक्रिय छ । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले आयात खुलाउने र भारततिर निर्यात गर्ने गरेका छन् । नेपालमै उत्पादन हुने करिब ७ हजार टन सुपारी के कुरामा कति प्रयोग भइरहेको छ र अहिले पुनः खुलाउनुको कारणबाट पनि तस्करीकै लागि हो भन्ने कुरा ओपन सेक्रेट जस्तै भएको एक उच्च अधिकारीले बताए । ‘सबैलाई थाहा भएकै कुरा हो’ ती ‘अधिकारीले भने, यसमा कर्मचारी, राजनीतिज्ञ र व्यापारीको मिलेमतो हुन्छ’

मुख्यतया: इन्डोनेसिया, मलेसिया, थाइल्यान्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुने सुपारी भारत तस्करी हुने गरेको र त्यसले दुई देशबिचको सम्बन्धमा नै दरार उत्पन्न हुन सक्ने देखिएको भन्दै सरकारले परिमाणात्मक बन्देज लगाएको थियो ।

यस्तो छ राजपत्रमा प्रकाशित प्रतिबन्ध फुकुवा गरेको निर्णयको सूचना

प्रतिक्रिया दिनुहोस