एमाले राष्ट्रियसभा संसदीय दलको नेता र प्रमुख सचेतक फेरिए « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमाले राष्ट्रियसभा संसदीय दलको नेता र प्रमुख सचेतक फेरिए


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले खिमलाल भट्टराईलाई दलको नेता चयन गरेका छन्। यसअघि दलका नेता सुमन प्याकुरेलको पदावधि सकिएपछि प्रमुख सचेतक रहेका भट्टराईलाई ओलीले दलको नेतामा बढुवा गरेका हुन्।

एमाले प्रतिनिधिसभा प्रमुख सचेतक विशाल भट्टराईले भट्टराईको स्थानमा देवेन्द्र दाहाललाई प्रमुख सचेतक चयन गरेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस