नक्कली बैङ्क ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैङ्कका शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नक्कली बैङ्क ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैङ्कका शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कामा पेस्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैङ्क ग्यारेन्टी (जमानी पत्र) बनाइदिएको आरोपमा राष्ट्रिय वाणिज्य बैङ्क, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि।टी।रटौदहरफस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ मा बुझाउनुपर्ने अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको पत्र फर्जी बनाएको आधारमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले यो घटनामा तीन वटा निर्माण कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिटी निर्माण सेवा र निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवा र प्रोप्राइटर अर्जुन बहादुर बुढाथोकी र टौदह कन्ट्रक्सनका प्रतिनिधि पुन्नबहादुर शाही विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

ठेक्काको पेस्की रकम लिन फर्जी अग्रिम भुक्तानी जमानी पत्र तयार गरेर वाणिज्य बैङ्क जुम्लाका तत्कालीन शाखा प्रबन्धक चौधरीले भ्रष्टाचारजन्य काम गरेको अख्तियारको दाबी छ । यसमा ठेकेदार कम्पनीका सञ्चालक र प्रतिनिधिहरू मतियार बनेको अख्तियारको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस