२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा

अ+ अ-

लमजुङ । पृथ्वीराजमार्गअन्तर्गत अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै छ ।

विगत दुई दिनदेखि अवरुद्ध सो सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । लमजुङस्थित मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सो सडक खण्ड अवरुद्ध गरेका थिए । लमजुङतर्फ जारी निषेधाज्ञाका कारण यस खण्डमा ठप्प रहेको यातायात सेवा आज बिहानबाट सञ्चालन आएको हो । राति ९ बजेदेखि नै निषेधाज्ञा हटे पनि सवारीसाधन भने आज बिहानबाट मात्र सञ्चालनमा आएको बताइएको छ ।

तनावग्रस्त परिस्थितिलाई सामान्य बनाउने, कानुन अनुसार अघि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने लगायतका विषयमा पीडित पक्षसँग सहमति भएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा बुधवार बिहान ६ बजेदेखि जारी निषेधाज्ञा साँझ ९ बजे हटाएसँगै आज बिहानदेखि सवारी सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ तनहुँको सिमाना पाउँदी बजारदेखि सिउडीबारसम्म निषेधाज्ञा जारी गरेपछि मृतकका आफन्त तथा पक्षदारहरूले विभिन्न माग राख्दै उक्त स्थानमा विरोध प्रदर्शन गरेपछि यातायात ठप्प हुँदा यात्रु मर्कामा परेका थिए ।

जिल्लाको सुन्दर बजार नगरपालिका–९ स्थित मर्स्याङ्दी नदीमा मङ्गलवार पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत तनहुँ भानु नगरपालिका– ९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मृत्यु भएको थियो ।

छात्रवासमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नै नदिई छात्रवास बाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नै नगरी शव लगेको, विद्यालयका संस्थापक बाबुराम पौडेल, मृतक श्रेष्ठसँगै पौडी खेल्न गएका विद्यालयका शिक्षक र अर्का विद्यार्थीमाथि छानबिन हुनुपर्ने माग गर्दै स्थानीयवासीको विरोध प्रदर्शनका कारण सो सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मृतक विद्यार्थीसँगै गएका शिक्षक सरोज ओलिया र सविन गुरुङलाई प्रहरीले नियन्त्रमा लिएको छ । सुक्षम तरिकाले अनुसन्धान हुने, प्रहरीमा लिखित जाहेरी दिने, शवको परीक्षण गर्नेलगायत पीडित पक्षसँग सहमति भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लमजुङमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस