बुधवार कीर्तिमान बनाएको सुनको मूल्य आज ३५ सयले घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बुधवार कीर्तिमान बनाएको सुनको मूल्य आज ३५ सयले घट्यो


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५ सय ले घटेर एक लाख दुई हजारमा आएको छ । बुधवार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय तोकिएको छ । यसको मूल्य बुधवार प्रतितोला एक लाख पाँच हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस