त्रिविका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिविका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ ।

सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक सङ्घले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।

अनेरास्ववियुले महिनौँदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती सङ्गठन विश्वविद्यालयका हितमा नरहेको दाबी गरेको छ ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र संयोजक अम्मरराज जोशीले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको रगत र पसिनाबाट तिरेको करबाट तलब भत्ता खाएका व्यक्तिहरूले त्यही जनताको संस्थालाई धराशायी बनाउन उद्यत रहनु प्राज्ञिक र राजनीतिक रूपले अनैतिक छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस