फुटेका कम्युनिस्ट हरियो रङ देख्दा डराउँछन् : महामन्त्री शर्मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फुटेका कम्युनिस्ट हरियो रङ देख्दा डराउँछन् : महामन्त्री शर्मा


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फुटेका कम्युनिस्टहरू हरियो रङसँग डराएको बताएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसको चुनाव चिह्न रुखको हरियो रङका आधारमा मतपत्रको रङ हरियो बनाउन लागिएको भन्दै आपत्ति जनाएको भोलिपल्ट महामन्त्री शर्माले यस्तो जवाफ फर्काएका हुन् ।

उनले भने,‘पहिला उखान थियो, भदौमा आँखा फुटेको कुन्नि केले सधैँ हरियो देख्छ । अहिले यो उखान परिवर्तन भएको छ । फुटेका कम्युनिस्ट हरियो रङदेखि डराउँछन् ।’

ओली आफ्नै फुटबाट आत्तिएको भन्दै उनले काँग्रेसको सम्भावित जितबाट तर्सिएको बताए । महामन्त्री शर्माले भने,‘काँग्रेस अस्वस्थ प्रतिस्पर्धाको पक्षमा छैन । हामीले काँग्रेस जिताऔँ होइन, हरेकलाई निर्वाचनको प्रक्रियामा सहभागी हुन आह्वान गरेका छौँ । स्वस्थ प्रतिस्पर्धामा आउने जनमतलाई हामी सहश्र स्वीकार गर्छौँ । काँग्रेसको सम्भावित जितबाटै नआत्तिन हामी आह्वान पनि गर्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस