जुम्ला कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जुम्ला कारागारका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण


२४ फाल्गुन २०७८, मंगलबार


खलङ्गा । जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ ।

चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले कैदीबन्दीलाई खेलकुदका सामग्रीसँगै फिल्टर प्रदान गरेकी हुन् । ‘जनतासँग नगरउपप्रमुख कार्यक्रम’ अन्तर्गत सो सामग्री उपलब्ध गराएको उपप्रमुख न्यौपानेले बताइन् । कारागारमै पुगेर उपप्रमुख न्यौपानले दुई सेट भलिबल, चार सेट ब्याटमिन्टन र एक सेट क्यारमबोर्ड उपलब्ध गराएकी हुन् ।

शुद्ध र स्वच्छ खानेपानीका लागि पाँचवटा फिल्टरसमेत दिएको चन्दननाथ नगरपालिकाले जनाएको छ । ‘कारागारभित्र खेलकुद सामग्री र शुद्ध खानेपानीका लागि फिल्टर आवश्यक छ भन्ने माग आएको थियो’, उपप्रमुख न्यौपानेले भनिन्, ‘मागका आधारमा खेलकुद सामग्री र फिल्टर उपलब्ध गराएपछि यतिखेर कैदीबन्दी निकै उत्साहित भएको छ ।’

जुम्ला कारागारमा ११४ जना कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ । उपप्रमुख न्यौपानेका अनुसार कैदीबन्दीको तत्कालका आवश्यकता त पूर्ति भए । तर यहाँ फर्निचर निर्माण गर्नेदेखि सिलाइ बुनाइ तालिमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

यसका लागि तीन वटै तहका सरकारको ध्यानजार्नुपर्ने आवश्यकता देखिएको छ । ‘कारागारभित्र पुस्तकालय छ । तर नयाँ नयाँ पुस्तकको व्यवस्थापन हुन सकेको छैन’, कैदीबन्दी भन्छन्, ‘कारागारभित्र प्रौढ शिक्षाको समेत आवश्यकता देखिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस