नाबालिगको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नाबालिगको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ


२३ फाल्गुन २०७८, सोमबार


पक्राउ

काठमाडौँ । चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

ललितपुर उपमहानगरपालिका–२१ बस्ने २९ वर्षीय दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको हो ।

महर्जनले नाबालिकाको अश्लिल तस्बिर र उनीबारे अश्लिल स्टाटस फेसबुकमा अपलोड गरेका थिए।

सो गतिविधि गरेर महर्जनले नाबालिकाको चरित्र हत्या गरेको आरोप छ। सोही आरोपमा ब्युरोको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो।

प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ।

उनीमाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस