२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक व्यवस्थापनमा एकरूपता ल्याइने

अ+ अ-

विराटनगर । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशभरि ट्राफिक व्यवस्थापनमा एकरूपता ल्याइने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित ‘ट्राफिक व्यवस्थापन’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यातायातसँग जोडिएका विषयमा जनतालाई सेवामा सहज र सरल गराउन आगामी चैत १ गतेदेखि अनलाइन सेवा सुरु गरिने जानकारी दिँदै उनले सहरलाई सुन्दर र दुर्घटनामुक्त बनाउन ट्राफिक व्यवस्थापनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

मन्त्री घिमिरेले ट्राफिक प्रहरीले सङ्कलन गरेको राजस्व प्रदेशमै खर्च गर्ने व्यवस्था मिलाउने प्रयास भइरहेको भन्दै ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीका मागलाई सम्बोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने तथा यहाँ नगरे कहाँ गर्ने उक्तिले काम गर्ने हौसला प्रदान गर्ने भन्दै कोसीदेखि मेची र रानीदेखि सुनसरीको तरहरासम्मको राजमार्गमा सिसी क्यामेरा जडान गर्न रकम निकासा भइसकेको जानकारी दिए ।

यातायात व्यवस्था तथा सञ्चार सचिव जयकुमार घिमिरेले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या निराकरण गर्न मन्त्रालयले जिम्मेवार भएर काम गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एकातिर सडक विस्तार र अर्को तिर साँघुरो सडकमा बढ्दो सवारी चापले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ भने ।

उनले सडक सुशासन र सडक सुरक्षा भरपर्दो भएमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै ट्राफिकले सङ्कलन गरेको राजस्व नागरिक सुरक्षामै खर्च गर्ने व्यवस्था हुनुपर्ने बताए । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले विराटनगर क्षेत्रको ट्राफिक समस्या समाधानका लागि पार्किङ गर्ने जग्गाको व्यवस्था गरिने बताए ।

ट्राफिक प्रहरी प्रमुख चन्द्र खड्काले मोरङमा जम्मा ११४ ट्राफिक प्रहरीमध्ये विराटनगर क्षेत्रमा ६४ जना कार्यरत रहेको भन्दै सडक दुर्घटना कम गर्न र ट्राफिक व्यवस्थापनमा जनशक्ति कम रहेको जानकारी दिए ।

उनले गएको वर्षमा चार करोड २० लाख र चालू आर्थिक वर्षको अहिलेसम्म दुई करोड ७१ लाख राजस्व सङ्कलन गरिसकेको जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन जीर्ण रहेको, सवारी साधनको कमी रहेको, मापसे जाँच गर्ने उपकरण एक मात्र रहेको, रफ्तार जाँच गर्ने उपकरण नभएको जस्ता समस्या अवगत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस