एयरलाइन्सले पायो साउदी अरेबियामा उडानको अनुमति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एयरलाइन्सले पायो साउदी अरेबियामा उडानको अनुमति


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा उडान अनुमति पाएको छ ।

सो मुलुकको नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई आज (आइतबार) उडान अनुमति दिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।

साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको छ,’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने भएको छ ।

निगमले अप्रिल २०२२ देखि नै व्यावसायिक योजना अनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने समेत जनाएको छ । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति पाएको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस