राष्ट्रिय दलको मान्यता नपाएका दललाई पनि निर्वाचनमा आफ्नै चुनाव चिह्न प्रयोग गर्न दिनुपर्ने माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय दलको मान्यता नपाएका दललाई पनि निर्वाचनमा आफ्नै चुनाव चिह्न प्रयोग गर्न दिनुपर्ने माग


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । तराई-मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दललाई पनि निर्वाचनमा आफ्नै चुनाव चिह्न प्रयोग गर्न दिनुपर्ने माग गरेको छ ।

निर्वाचन आयोगमा दर्ता भएका दललाई दलको आफ्नो चुनाव चिह्न लिनबाट वञ्चित गर्नु अनुचित हुने बताएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को ६ मा राष्ट्रिय दलको मान्यता पाएको दललाई मात्र आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने व्यवस्था छ ।

त्यस्तै उपदफा ७ मा राष्ट्रिय दलको मान्यता पाएका बाहेक अरु दललाई भने स्वतन्त्र उम्मेदवारले प्रयोग गर्ने चुनाव चिह्न दिने व्यवस्था छ ।

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले उक्त ऐनको दफा २६ (६) र (७) को व्यवस्था लोकतन्त्रको मान्य सिद्धान्त विपरीत मात्र नभई संविधानको भावना र मर्म प्रतिकुल रहेको बताएका छन् ।

निर्वाचन ऐनमा प्रतिनिधिसभामा कम्तीमा प्रत्यक्षतर्फ एक सिट जित्ने र समानुपातिक पद्धतितर्फ ३ प्रतिशत मत पाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ । अध्यक्ष लालले यसमा विरोध जनाउँदै भनेका छन्, ‘थ्रेसहोल्डको प्रयोजन विधायिकामा राष्ट्रिय दलको रुपमा प्रतिनिधित्व गर्ने विषयको निमित्त हुन्छ, बहुदलीय लोकतन्त्रको मान्यता र उद्देश्य निमिट्यान्न पार्नका लागि कदापि होइन ।’

उनले यो त्रुटिपूर्ण व्यवस्था हटाउन कानुनी निकासको आवश्यकता रहेको बताएका छन् ।

विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस