अर्लि इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र : नेम्वाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्लि इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र : नेम्वाङ


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताएका हुन् ।

‘उहाँहरुको सोझो हिँडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन्’ नेम्वाङले भने ।

संसदले ठिक ढङ्गले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शङ्का बढेको नेम्वाङले बताए । ‘उहाँहरुले अहिले किन यस्तो सोचाइ ल्याइरहनुभएको छ ?’ उनले प्रश्न गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस