साउदी अरेबियामा कोरोना भाइरसका विरुद्ध लगाइएका प्रतिबन्धहरु हटाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साउदी अरेबियामा कोरोना भाइरसका विरुद्ध लगाइएका प्रतिबन्धहरु हटाइयो


२२ फाल्गुन २०७८, आइतबार


रियाद । साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यहाँका आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ ।

त्यसै गरी यहाँ अब सार्वजनिक स्थलहरुमा पनि उपस्थित हुन पाइने भएको छ । पर्यटकीय स्थलहरुमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ ।

तर यहाँका नागरिकले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ । सार्वजनिक स्थलहरुमा मास्क भने अनिवार्य गरिएको बताइएको छ ।

पछिल्ला केही हप्ताहरुमा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरु हटाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस