नेकपा एसद्वारा केन्द्रीय कमिटी बैठक आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एसद्वारा केन्द्रीय कमिटी बैठक आह्वान


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । बैठक फागुन २५ र २६ गते काठमाडौंमा हुने सङ्गठन विभागका सचिव लक्ष्मण केसीले बताए ।

बैठकमा आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध समसामयिक एवं सांगठानिक विषयमा छलफल हुने सचिव केसीले बताएका छन् ।

उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेस गर्ने तयारी रहेको छ । बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्ययोजना, रणनीति र कार्यक्रमबारे छलफल हुने सचिव केसीले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस