जबरामाथि सहमतिबाटै महाअभियोग दर्ता  भएको हो : महरा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जबरामाथि सहमतिबाटै महाअभियोग दर्ता  भएको हो : महरा


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद्मा दर्ता भएको बताएका छन् ।

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन् ।

उनले भने, “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।”

उनले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटेका छन् । पुस्तकमाथि प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा. दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्व सचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस