अनियमितता भएपछि काँग्रेस बाराको मतदान रद्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अनियमितता भएपछि काँग्रेस बाराको मतदान रद्द


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । मतदानमा अनियमितता भएपछि नेपाली काँग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ ।

नेतृत्व चयनका लागि शनिवार भएको मतदान पनि रद्द गरिएको छ ।

नेपाली काँग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो ।

मतदानको मिति तय गर्न निर्वाचन कार्यालयमा बैठक बोलाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस