माओवादीको केन्द्रीय समिति बैठक आज पनि, पार्टीबाट एमसीसी अनुमोदन गराउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादीको केन्द्रीय समिति बैठक आज पनि, पार्टीबाट एमसीसी अनुमोदन गराउने


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । शुक्रबार स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीबाट एमसीसी अनुमोदन गराउनेलगायत एजेण्डामा छलफलका लागि बैठक राखिएको छ ।

संसदबाट एमसीसी पारित भएकोप्रति नेता नारायणकाजी श्रेष्ठ समूहले शुक्रबारको बैठकमा फरक मत राखेका थिए । व्याख्यात्मक टिप्पणीका नाममा अध्यक्ष प्रचण्ड ‘दलालसँग झुकेको’ श्रेष्ठ पक्षको आरोप छ ।

शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुमोदनका लागि प्रचण्डले प्रस्ताव पेस गरेका छन् ।

प्रचण्डले श्रेष्ठ पक्षलाई निर्णय चित्त नबुझे पार्टी छाड्न चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस