लागू औषध र हतियारसहित एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागू औषध र हतियारसहित एक जना पक्राउ


२१ फाल्गुन २०७८, शनिबार


पक्राउ

काठमाडौँ । ललितपुरमा लागू औषध र हतियारसहित एक जना पक्राउ परेका छन् ।

म्याग्दी घर भएका ४२ वर्षीय जोन भन्ने रोहित शेरचन १३ ग्राम अवैध लागू औषध मेथ–एम्फेटामाईन (आइस) जस्तो देखिने सेतो पदार्थ, भरुवा बन्दुक १ थान, एयर गन १ थान, नगद ९ हजार रुपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बा।८५ प ५०१० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शेरचनलाई ३ ग्राम अवैध लागू औषध आइस जस्तो देखिने सेतो पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठा तलासी गर्दा थप १० ग्राम उक्त लागू औषध जस्तो देखिने पदार्थ, भरुवा बन्दुक र एयर गन फेला पारेको हो ।

उनीउपर जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस