२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रम मन्त्री श्रेष्ठ

अ+ अ-

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिक स्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी व्यास–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताएका हुन् ।

तनहुँसुरसम्म पुग्ने खड्काली मोटर मार्ग कालोपत्रे भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, ‘ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्‍यो, अब यसको विकासको गतिलाई थप अगाडी लैजान मैले सकेको सहयोग गर्छु ।’ आफ्नै पहलमा खड्ग काली मोटर मार्ग कालोपत्रे भएको बताउँदै उनले भने, ‘विकासमा कसैलाई काखा पाखा गर्दिन, विकास नै मेरो मूल मन्त्र हो ।’

मन्त्री श्रेष्ठले कुनै बेला मानुङकोट चर्चित भएर आन्तरिक पर्यटकको भिड बढेको स्मरण गर्दै अब त्यो सम्भावना तनहुँसुरमा रहेको बताए । ‘रुखलाई बिचमा पारेर सडक कालोपत्रे भएसँगै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । यदि सडक कालोपत्रे हुन्थेन भने चौतारी र देउराली डाँडा चर्चित हुने थिएन’, उनले भने । मन्त्री श्रेष्ठले देउराली डाँडामा व्यवस्थित उद्यानका लागि आवश्यक बजेट विनियोजन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफू जनताको सेवक भएको बताउँदै मन्त्री श्रेष्ठले जनताको काम र सेवा गर्न राजनीति सुरु गरेको बताए । ‘म शासक होइन, सेवक हो, जनताको सेवामा सधैँ समर्पित हुनेछु,’ उनले भने ।

तनहुँ क्षेत्र नम्बर १ मा विकासको लहर आएको दाबी गर्दै मन्त्री श्रेष्ठले भानुमा ५० करोड र भिमादमा २५ करोडका योजना सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।

नेकपा एकीकृत (समाजवादी)का केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठले स्थानीयवासी अग्रसर नभएसम्म तनहुँसुरको विकास सम्भव नहुने बताए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की र नवआदर्श टोल विकास संस्थाका अध्यक्ष सञ्जय श्रेष्ठले तनहुँसुरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

नेकपा (माओवादी) केन्द्रका नेता एवं स्थानीयवासी ज्ञानबहादुर थापा र मदन थापाले तनहुँसुरको विकासका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै त्यसको नेतृत्व लिन पनि मन्त्री श्रेष्ठलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस