सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ : प्रधानमन्त्री देउवा


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘सङ्घीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले मुलुक सङ्घीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा देखिएका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस